पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्नेमध्ये दैनिक भाग्यमानी दुई जनाले सुविधासम्पन्न चरक हस्पिटलमा स्वास्थ्य जाँच गर्ने मौका पाउने भएका छन् ।
मोफसलकै गर्वलायक प्रतियोगितालाई चरकले उपप्रायोजन गर्दै लक्की ड्र गरी दैनिक दुई जनालाई होल बडी चेकअप गर्ने भएको हो ।
हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक कपिल पोखरेल र आयोजक सहारा क्लब पोखरातर्फबाट अध्यक्ष केशवराज बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पोखरा ८, नागढुंगास्थित चरक मेमोरियल पोखराको सुविधासम्पन्न अस्पताल हो ।
विभिन्न मेला महोत्सवमा पनि चरक यसरी नै सहकार्य गर्दै अघि बढेको छ । जिल्ला जिल्लामा निःशुल्क स्वास्थ्य शिविरमा पनि प्राविधिक सहयोग गरिरहेको छ ।
आहा रारा फुटबल प्रतियोगिताको यस संस्करणमा १२ टिमले भाग लिँदैछन् । प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भारतको दिल्ली फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिमले भाग लिनेछ ।
१२ दिनसम्म चल्ने प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर