पोखरा रंगशालामा आगामी माघ ९ देखि २० सम्म हुने २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्नेमध्ये दैनिक भाग्यमानी दुई जनाले सुविधासम्पन्न चरक हस्पिटलमा स्वास्थ्य जाँच गर्ने मौका पाउने भएका छन् ।
मोफसलकै गर्वलायक प्रतियोगितालाई चरकले उपप्रायोजन गर्दै लक्की ड्र गरी दैनिक दुई जनालाई होल बडी चेकअप गर्ने भएको हो ।
हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक कपिल पोखरेल र आयोजक सहारा क्लब पोखरातर्फबाट अध्यक्ष केशवराज बरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । पोखरा ८, नागढुंगास्थित चरक मेमोरियल पोखराको सुविधासम्पन्न अस्पताल हो ।
विभिन्न मेला महोत्सवमा पनि चरक यसरी नै सहकार्य गर्दै अघि बढेको छ । जिल्ला जिल्लामा निःशुल्क स्वास्थ्य शिविरमा पनि प्राविधिक सहयोग गरिरहेको छ ।
आहा रारा फुटबल प्रतियोगिताको यस संस्करणमा १२ टिमले भाग लिँदैछन् । प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भारतको दिल्ली फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिमले भाग लिनेछ ।
१२ दिनसम्म चल्ने प्रतियोगितामा १ करोड ८६ लाख आम्दानी र १ करोड ४९ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ