पोखरा । राष्ट्रिय युवा संघ, पोखरा महानगर कमिटिको आयोजनामा पोखरामा दुई दिनसम्म सञ्चालित ‘पोखरा महानगर फुटसल कप–२०८०’ को उपाधि पोखरा वडा नं. १ ले जितेको छ ।
आज भएको फाइनल खेलमा पोखरा वडा नं. ११ लाई २–० गोलले हराउँदै पोखरा १ च्याम्पियन बनेको हो । उपाधिका लागि नकुल तामाङ र विनय तामाङले एक एक गोलको योगदान दिए ।
उपाधि होडमा पुग्ने क्रममा सेमिफाइनलमा पोखरा १ ले पोखरा १८ लाई विनयकै निर्णायक गोलमा १–० गोलले हराएको थियो । दोस्रो सेमिफाइनलमा पोखरा ११ ले २७ लाई २–० गोलले हराएकोमा प्रमिस गुरुङले एक्लै २ गोलको योगदान दिएका दिए ।
विजेता पोखरा १ ले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता पोखरा ११ ले नगद २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी उपविजेता पोखरा ११ का धन गुरुङ भए । उत्कृष्ट गोलरक्षक पनि पोखरा ११ कै लक्ष्मण गुरुङ भए । हाइ स्कोरर मादी गाउँपालिकाका प्रविन गुरुङ भए । उनले ७ गोल गरेका थिए । अनुशाषित टीम पोखरा वडा नं. १७ भयो । उत्कृष्टहरु पनि नगद २ हजार र मेडलसहित पुरस्कृत भए ।
स्पोर्ट्स क्यासलमा आयोजित फुटसल कपको समापन अवसरमा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष छितिज थेवे, युवा संघका पूर्व अध्यक्ष राजिव पहारी, नेकपा एमाले कास्की सचिव बैन बहादुर अधिकारी क्षेत्री, उपसचिव दर्शन लामा , नेकपा एमाले महानगर कमिटिका अध्यक्ष दिलीप न्यौपाने, नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटि अध्यक्ष विवेक देवकोटा, युवा संघका प्रदेश संयोजक विकास अधिकारी, स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह-ईन्चार्ज सुवास सापकोटा, युवा संघका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश सह-ईन्चार्ज मदन गिरी, अनेरास्वियुका केन्द्रिय सचिव आशिर्वाद सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्