टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुँदै आएको टाइगर कप भलिबल प्रतियोगिताको चौंथो संस्करण आजदेखि पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगितामा २ विदेशी टीम पनि सहभागी हुने भएका छन् । प्रतियोगितामा पुरुषतर्फ श्रीलंकाको आर्मी टिम र महिलातर्फ भारतको हरियाणा क्लब सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
महिला तथा पुरुष दुवै विधामा हुने प्रतियोगिता माघ ६ गतेसम्म चल्ने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएकोे हो ।
‘प्रतियोगितामा विदेशी टिमहरुले पनि सहभागी लिनु नेपाली भलिबलप्रेमीका लागि सुखद खबर हो’, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले, ‘यो संस्करणमा २ वटा विदेशी टिम सहभागी गराउन पाउँदा गौरवान्वित छौं ।’
प्रतियोगितामा २ विदेशी टिमसहित पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी १२ टिम सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।
टाइगर ग्रुप अफ पोखराले ४ वर्षदेखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला खुला क्लब च्याम्पियनसिप गर्दै आएको हो । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ ।
साथै प्रतियोगितामा आयोजकका तर्फबाट खेल्ने गण्डकी प्रदेशको महिला तथा पुरुष दुवै टोलीमा ३-३ जना भारतीय खेलाडी पनि सहभागी हुनेछन् । गण्डकीको टोली भारतीय राष्ट्रिय भलिबल टिमका कप्तान विनितकुमार चौधरीसमेत सहभागी हुने शर्माले जानकारी दिए ।
शर्माका अनुसार टाइगर कपमा सहभागी हुने अन्य क्लबले पनि विदेशी खेलाडी ल्याउँदैछन् ।
प्रतियोगिता खेल्न भारतबाट आउने टोलीको नेतृत्व भारतको राष्ट्रिय महिला भलिबल टोली क्याप्टेन मिनीमोल अब्राहमले गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा महिलातर्फ भारतको हरियाणा क्लबसहित चन्द्रागिरी नगरपालिका, न्यू डायमन्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश तथा ३ विभागीय टोली नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने अध्यक्ष शर्माले जानकारी दिए ।
पुरुषतर्फ श्रीलंकन टोलीसँगै ३ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब तथा आयोजक टोली प्रतिस्पर्धामा उत्रिँदैछन् ।
आयोजकले प्रतियोगितामा महिला तथा पुरुष दुवै टोलीलाई समान पुरस्कार राशीकोसमेत व्यवस्था गरेको छ । दुवैतर्फ विजेताले समान ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
आयोजकले यो वर्षदेखि विजेता पुरस्कार राशीमा पनि वृद्धि गरेको हो । अघिल्लो संस्करणभन्दा यो वर्ष ५० हजार रुपैयाँले पुरस्कार राशी वृद्धि गरिएको आयोजकले जानकारी दिएको छ ।
त्यस्तै, प्रतियोगितामा द्वितीय हुने टोलीलाई २ लाख ५५ हजार ५५५ रुपैयाँ र तृतीय हुने टोलीलाई १ लाख २५ हजार ५५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो