पोखरा । कास्कीमा पुस महिनामा मात्रै विभिन्न मुद्धामा अदालतबाट सजाय पाएर फरार रहेका ७७ जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले अदालतबाट विभिन्न मुद्धामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।
पक्राउ परेकाहरुबाट ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना पनि लिइएको छ ।
पक्राउ पर्नेमा चेक अनादारसम्बन्धी मुद्धामा ४४ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहारसम्बन्धी मुद्धामा ३ जना, जालसाझी मुद्धामा ३ जना, लागूऔषधसम्बन्धी मुद्धामा १३ जना, अभद्र व्यवहारसम्बन्धी मुद्धामा १ जना, झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्धामा १ जना, जुवातास मुद्धामा ३ जना, सार्वजनिक अपराधसम्बन्धी मुद्धामा १ जना, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्धामा २ जना पक्राउ परेका छन् ।
यसैगरी, ज्यान सम्बन्धी मुद्धामा १ जना, सवारी ज्यान मुद्धामा १ जना, गैर कानूनी कारोवारसम्बन्धी मुद्धामा १ जना, अपुतालि हक कायमसम्बन्धी मुद्धामा १ जना र लेनदेन (बिगो सम्बन्धी) मुद्धामा २ जना पक्राउ परेका छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा