पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले सेमीफाइनलमा स्थान पक्का गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकी विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि सेमीफाइनलको यात्रा तय गरेको हो । खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो । दुबै टोलीलाई जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिए पनि दोश्रो र तेश्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले जित्दै खेलमा पुनरागनन गर्न सफल भयो । तर चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले खेल जितेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।
गण्डकीले सेमीफाइनलमा ग्रुप बीको बिजेता सशस्ब प्रहरीको एपिएफ क्लवको सामना गर्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३–२ को सेटमा हराएको थियो । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो । समूह बि बाट एपिएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार हुने पुरुषतर्फको सेमीफाइनलमा हेल्प नेपाल र श्रीलंका आर्मी तथा दोश्रो खेल एपिएफ र गण्डकीका बिच हुनेछ ।
त्यस्तै महिलातर्फ तेश्रो स्थानका लागि हुने खेलमा नेपाल आर्मीको त्रिभुबन क्लवले अर्को विभागिय टोली नेपाल पुलिसको सामना गर्नेछ ।
टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेल हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।
यता महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि भिडन्त पक्का भएको छ ।
जारी प्रतियोगिताको दोश्रो सेमीफाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउँदै एपिएफ क्लब संग भिडन्त पक्का गरेको छ ।
सम्पन्न खेलमा पहिलो सेट २५–१९ ले दोस्रो सेट २५–१८ र तेस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको छ खेलमा टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित भएकी छन् ।
सम्पन्न एक अर्को सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको छ । दोश्रो र तेश्रो सस्करणको च्याम्पियन एपिएफले बिहिबार उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।
सम्पन्न खेलमा एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र १५– १३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो । पाँचौ सेट जारी रहँदा एपिएफ ७–२ ले पछि थियो । आर्मीले आफ्नो अग्रतालाई जोगाउन सकेन । आर्मीको एक पछि अर्को गल्तीको फाइदा उठाउँदै अन्ततः एपिएफ फाइनलमा स्थान पक्का गर्न सफल बन्यो । खेलमा एपिएफका सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भएकी छन् ।
जारी प्रतियोगितामा अविजित रहँदै एपिएफले उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ । चौथो सस्करण जितेमा एपिएफले टाइगरकपको उपाधिमा ह्याट्रिक समेत गर्नेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन