महिलातर्फ आर्मी तेस्रो, पुलिस ३–१ को सेटमा पराजित

टाइगर कप भलिबल:

महिलातर्फ आर्मी तेस्रो, पुलिस ३–१ को सेटमा पराजित

army women

तस्वीरः उमेश पुन

पोखरामा जारी चौथो टाइगरकप भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।

त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २५–१७, १८–२५, २५–२० र २५– १९ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।

महिलातर्फ नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ ।

यस्तै, पुरुषतर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौं र श्रीलंकाको आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो सेमिफाइनल खेलमा गत संस्करणको विजेता घरेलु टोली गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds