पोखरा महानगरपालिका वडा नं. ५ को वडा कार्यालयले धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत अतिविपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये २५ जनालाई न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा वडाध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयको स्वर्ण महोत्सवलाई सघाउने उद्देश्यले नै यो कार्यक्रम जोडिएको बताए । उनले स्वर्ण महोत्सव भव्य बनाउन वडा कार्यालय लागिरहेको स्पष्ट पारे ।
विद्यालयमा स्वर्ण महोत्सव चलिरहँदा यहाँका विद्यार्थीको अवस्था कस्तो छ, वातावरण कस्तो छ, खानेपानीको उचित प्रवन्ध छ कि छैन, शिक्षादीक्षाको अवस्था कस्तो छ भन्ने विषय बुझ्न अति जरुरी रहेको उनले बताए । यति बुझ्दै जाँदा केही विद्यार्थीलाई न्यानो कपडाको समस्या भएको जानकारी पाएर वडाले सहयोग गरेको वडाध्यक्ष बरालले स्पष्ट पारे ।
चिसोका कारण, भोकका कारण, प्यासका कारण, शैक्षिक सामाग्री अभावका कारण विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नहुने उनले बताए । स्वर्ण महोत्सवका बारेमा चर्चा परिचर्चा सुरु भइसकेको भन्दै उनले पछिल्लो समयमा विद्यालयको राम्रो प्रगति भएको भन्दै खुसी प्रकट गरे ।
निवर्तमान वडाध्यक्ष धनबहादुर नेपालीले विद्यालयको रंग र भवनले मात्र शिक्षा गुणस्तरीय हुन नसक्ने भन्दै गुणस्तरीय शिक्षामा विद्यार्थी, विद्यालय, शिक्षक, अभिभावक सबैको सहकार्य हुन आवश्यक रहेको बताए ।
पूर्व विद्यार्थी मञ्चका संयोजक दिनबन्धु गौतमले विद्यालयमा पुस्तकालय भवन निर्माणमा आफूहरु जुटेको भन्दै यसका लागि सहयोगीहरुको साथको खाँचो रहेको बताए । उनले पुस्तकालय भवन शिलान्यास माघ ६ गते गरिने स्पष्ट पारे । उक्त भवनका लागि करिब १० लाख रुपैयाँ लाग्ने आँकलन गरिएको र हालसम्म ५ लाख रुपैयाँ संकलन भएको उनले बताए ।
सो अवसरमा विद्यालयकी प्रधानाध्यापक वदनकुमारी शर्माले विद्यालयको स्वर्ण महोत्सवका लागि सम्पूर्ण ध्यान केन्द्रित गरेको बताइन् । उनले विद्यालय र स्वर्ण महोत्सव वडाकै प्रतिष्ठासँग जोडिएकाले सबैको सहयोग आवश्यक भएको स्पष्ट पारिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले वडाको महत्वपूर्ण सम्पति विद्यालय भएको भन्दै विद्यालयको समग्र विकासमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । आफूहरु विद्यालयको स्वर्ण महोत्सव सभ्य र भव्य बनाउन लागिरहेको उनले बताए । विद्यालयको स्वर्ण महोत्सवको मूल समारोह माघ १३ गते हुनेछ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य एवं वडा सदस्य हरिमाया विक, वडा सदस्य कल्पना क्षेत्री भुवाइँले पनि विद्यालय र स्वर्ण महोत्सवका साथै वडा कार्यालयका गतिविधिमाथि चर्चा गरेका थिए ।
सम्बन्धित खबर
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
प्रतिभा सुपर लिग क्रिकेटको उपाधि आयोजक प्रतिभा माविले जित्यो
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ