गण्डकी फाइनलमा, एपीएफ सोझो सेटमा पराजित

टाइगर कप भलिबल:

गण्डकी फाइनलमा, एपीएफ सोझो सेटमा पराजित

apf gandaki

पोखरामा जारी चौथो टाइगर कप भलिबलमा पुरुषतर्फ फाइनलमा गण्डकी प्रदेश पुगेको छ । भर्खरै सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै गण्डकी प्रदेश उपाधि भिडन्तका लागि योग्य भएको हो ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा भएको खेलमा विभागीय क्लब एपीएफलाई गण्डकीले सोझो सेटमा हरायो ।

गण्डकीले २५-१७ , २५-२० र २५-२२ ले तीन वटै सेट आफ्नो पक्षमा पारेको हो ।

अब उपाधिका लागि गण्डकीले फाइनलमा हेल्प नेपालको सामना गर्नेछ । गण्डकीले समूह चरणमा हेल्प नेपाललाई ३-२ को सेटमा हराएको थियो । उक्त खेल निकै प्रतिष्पर्धात्मक रहेकाले फाइनलमा पनि कडा प्रतिष्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा हेल्पनेपालले श्रीलंका आर्मीलाइ ३–१ को सोझो सेटमा हराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds