पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिबार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ ।
महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।
दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ ।
महोत्सवको आठौ दिन महोत्सवमा एलिना चौहानको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।
चौहानले कुरा काट्नेले काटुन, धोकेबाज, के माया लाग्छ र, मिनरल वाटर, डेक्ची धोइदैन, छुनुमुनु लगायतका गितहरु मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरिन । एलिना संगै महोत्समा शुक्रबार जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभब्याण्ड तर्फ मन्त्र ब्याण्डको लाइभ कन्सर्टमा युवाहर झुमेका थिए ।
महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा शुक्रबार मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा मेरिगोल्ड, बालकल्याण, राष्ट्रिय मावि बिचको प्रतिष्पर्धामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ ।
आठौ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको छभने महोत्सवमा राखिएका स्टलहरुमा समेत उल्लेख्य मात्रामा कारोवार भइरहेको छ ।
महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री, भेषभूषामा तस्विर खिचाउने, घोड सवार, भिआर, याक हेर्नेको भीड लागेको छ ।
महोत्सवको टिकट घरमै बसेर रेभल एप मार्फत समेत दर्शकहरुले टिकट काट्न सकिने र टिकटमा समेत विशेष उपहार प्रदान गरिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो