आहा ! रारा पोखरा गोल्ड कप: खेल तालिका सार्वजनिक, दिल्ली एफसीको स्थानमा एपिएफ आउने

खेलकुद

आहा ! रारा पोखरा गोल्ड कप: खेल तालिका सार्वजनिक, दिल्ली एफसीको स्थानमा एपिएफ आउने

aaha rara match

पोखरा । २३ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० को उद्घाटन खेल आयोजक सहारा क्लव र थ्री स्टार क्लबबीच खेल हुने भएको छ ।

यही माघ ९ गते हुने उद्घाटन खेलमा समुह एकका सहारा र थ्री स्टार दुबै क्लव बिच पोखरा रंगशालामा उद्घाटन खेल हुने तयारी गरिएको क्लकले जनाएको छ ।

साथै, क्लबले शुक्रबार खेल तालिका सार्वजनिक गर्दै पाहुना टोली भारतको दिल्ली एफ.सी. टिम नआउने त्यसको स्थानमा शसस्त्र प्रहरी वलको एपिएफ सहभागि हुने क्लवले जनाएको छ ।

सार्वजनिक गरिएको खेल तालिका अनुसार यही माघ १० गते समुह बीको त्रिभुवन आर्मी फुटबल क्लब र राइजिंग स्टार फुटबल क्लब बिच खेल हुने भएको छ ।

माघ ११ गते समुह एका मछिन्द्र क्लब र जावलाखेल युथ क्लब, समुह बी बाट माघ १२ गते नेपाल ए पी फ फुटबल क्लब र नेपाल पुलिस क्लब बिच खेल हुने भएको पोखराक्लिकलाई क्लवले जनाएको छ ।

त्यसैगरी, क्वाटर फाइनलमा माघ १३ गते समुह एको पारो फुटबल क्लब भुटान र ९ गतेको बिजेतासंग खेल हुने भएको छ । माघ १४ गते समुह बीको संकटा क्लब र १० गतेको बिजेतासंग भिड्ने भएको छ भने माघ १५ गते समुह एको मनाङ मर्सायाङदी क्लब र ११ गतेको बिजेता बिच खेल हुने भएको छ ।

त्यस्तै, माघ १६ गते समुह बीको चर्ज व्वाईज युनाइटेड फुटबल क्लब र १२ गतेको बिजेता बिच पहिलो सेमी फाइनल खेल हुने भएको छ भने  माघ १७ गते समुह एमा १३ गते को विजेता र १५ गतेको विजेता बिच दोस्रो सेमिफाइनल खेल हुने भएको हो ।

फाइनल खेल भने माघ २० गते हुने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds