पोखरा । २३ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० को उद्घाटन खेल आयोजक सहारा क्लव र थ्री स्टार क्लबबीच खेल हुने भएको छ ।
यही माघ ९ गते हुने उद्घाटन खेलमा समुह एकका सहारा र थ्री स्टार दुबै क्लव बिच पोखरा रंगशालामा उद्घाटन खेल हुने तयारी गरिएको क्लकले जनाएको छ ।
साथै, क्लबले शुक्रबार खेल तालिका सार्वजनिक गर्दै पाहुना टोली भारतको दिल्ली एफ.सी. टिम नआउने त्यसको स्थानमा शसस्त्र प्रहरी वलको एपिएफ सहभागि हुने क्लवले जनाएको छ ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार यही माघ १० गते समुह बीको त्रिभुवन आर्मी फुटबल क्लब र राइजिंग स्टार फुटबल क्लब बिच खेल हुने भएको छ ।
माघ ११ गते समुह एका मछिन्द्र क्लब र जावलाखेल युथ क्लब, समुह बी बाट माघ १२ गते नेपाल ए पी फ फुटबल क्लब र नेपाल पुलिस क्लब बिच खेल हुने भएको पोखराक्लिकलाई क्लवले जनाएको छ ।
त्यसैगरी, क्वाटर फाइनलमा माघ १३ गते समुह एको पारो फुटबल क्लब भुटान र ९ गतेको बिजेतासंग खेल हुने भएको छ । माघ १४ गते समुह बीको संकटा क्लब र १० गतेको बिजेतासंग भिड्ने भएको छ भने माघ १५ गते समुह एको मनाङ मर्सायाङदी क्लब र ११ गतेको बिजेता बिच खेल हुने भएको छ ।
त्यस्तै, माघ १६ गते समुह बीको चर्ज व्वाईज युनाइटेड फुटबल क्लब र १२ गतेको बिजेता बिच पहिलो सेमी फाइनल खेल हुने भएको छ भने माघ १७ गते समुह एमा १३ गते को विजेता र १५ गतेको विजेता बिच दोस्रो सेमिफाइनल खेल हुने भएको हो ।
फाइनल खेल भने माघ २० गते हुने भएको छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा