तनहुँमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

minitruck-accident-1

File Photo

तनहुँ । तनहुँमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक गएराति देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीमा सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको हो।

दुर्घटनामा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा आज बिहान चिकित्सकले मृत घोषणा गरेको हो ।

ट्रक चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ