पोखरा । जिसस कास्कीले बिजयपुल खोला, कसेरीमा निर्माणाधीन पुलको अनुगमन गरेको छ।
प्रमुख लिलाधर पौडेल नेतृत्वमा काहुखोला–बिजयपुल–काफलघारी सडक अन्तर्गत पोखरा महानगरपालिका वडा न १३ र २८ जोड्ने बिजयपुल खोला, कसेरीमा निर्माणाधीन पुलको अनुगमन सम्पन्न भएको हो ।
उप प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, सदस्य राजु अधिकारी, हर्क बहादुर गुरुङ, सडक डिभिजन कार्यालयका प्रमुख नवराज बास्तोला सहित प्राविधिक इन्जिनियर सम्मिलित अनुगमन टोलिले आयोजनाको निर्माण प्रक्रिया सहित अन्य प्राविधिक पक्षको जानकारी लिएको थियो।
सो अवसरमा प्रमुख लिलाधर पौडेलले हालसम्मको कार्य प्रगति सन्तोसजनक पाइएको बताउदै अबको बाँकी कार्यमा गुणस्तरमा ध्यान दिदै समयमै निर्माण सम्पन्न निर्माण ब्यवसायी र प्राविधिक सहित स्थानिय सरोकारवालाहरूलाई आग्रह गरे।
वि सं. २०७२ सालमा निर्माण कार्य सुरुभएको सो पुलको निर्माण कम्पनीको लापरबाहीका कारण उक्त कम्पनी सँगको सम्झौता रद्ध गरी नयाँ सम्झौता अनुसार निर्माण कार्य अगाडि बढेको बताइएको छ ।
हाल धनथान भिमज्योति कन्स्ट्रक्सन भरतपुरले निर्माण गरिरहेको सो पूल २०८० असारमा सम्झौता भएर २०८२ फागुन मसान्त भित्र करिब ७ करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो