पोखराबाट करिब ४२ किलोमिटर उत्तरमा अवस्थित गुरूङ समुदायको बाक्लो गाउँ सिक्लेस । गाउँको शिरमाथि अन्नपूर्ण हिमाल । यही गज्जबको दृश्य पृष्ठभूमि बनाउने गरी चलचित्र पत्रकार संघ कास्कीले सिनेमा संवाद @सिक्लेस कार्यक्रम चलायो ।
शनिबार दिउँसो काठमाडौं र पोखराबाट जम्मा भएका ७५ जना फिल्मीकर्मी, पत्रकारहरूको टोली सिक्लेस हिँडे । सिक्लेस पुग्दा झम्के साँझ भइसकेको थियो । गाउँ उक्लेका वरिष्ठ कलाकार, पत्रकारको टोलीलाई स्वागत गर्न सिक्लेसबासी तल गाउँको गेटमै आएर लहरै उभिएका थिए । सिक्लेसबासीले पञ्चेबाजा बजाउँदै दहीमा मुछेको सेतो टीका र सयपत्री मालाले भव्य स्वागत गरे। चिनापर्चीको काम भयो । गाउँकै मकै भटमास र चियाले पाहुनाको भोक मेटाए ।

भुवन केसी, गौरी मल्ल, दीपा श्री निरौला, आकाश अधिकारी, अनुप बराल, दीया मास्के, प्रकाश सायमी, प्रकाश सुवेदीलाई आँखै अगाडि पाउँदा सिक्लेसबासी दंग थिए ।
स्वागत समारोहमा स्थानीय क्लब, आमा समूह, होमस्टे, विद्यालय व्यवस्थापन समिति र होटल व्यवसायीका प्रतिनिधीहरूले टेलिभिजन र चलचित्रको पर्दामा देखेका कलाकारलाई प्रत्यक्ष देख्न र भेट्न पाउँदा अत्यन्त खुसी लागेको बताए ।
सिक्लेसमा भेला भएका फिल्मकर्मी तथा पत्रकारहरूलाइ स्वागत गर्दै मादी गाउँपालिका वडा नं. १ का अध्यक्ष देवीजंग गुरूङले अहिलेसम्म ठूलो पर्दामा नसमेटिएको पर्यटकीय गाउँ सिक्लेसलाई यो भव्य कार्यक्रमले सम्भावनाको ढोका खुल्ने विश्वास व्यक्त गरे । नेचर र कल्चरले भरिपूर्ण सिक्लेस मुलुकको शान्ति प्रक्रियाको एक महत्वपूर्ण इतिहासका रुपमा रहेको गाउँ पनि भएको हुँदा यसको प्रचारप्रसारको खाँचो औल्याएँ ।
‘देश, विदेशमा चर्चित पर्यटकीय गाउँ भएर पनि अहिलेसम्म नेपाली सिनेमामा समेटिन नसकेको यो गाउँमा चलचित्र विकास बोर्डका अध्यक्षसहितको टोली उपस्थित हुनु सुखद् संयोग हा,’ उनले भने, ‘सिक्लेसको पर्यटन प्रवर्धनमा चलचित्र पत्रकार संघ कास्कीको योगदान यादगार रहनेछ । हामी सिक्लेसबासीले पनि हाम्रा पाहुनाहरुलाई मन खोलेर स्वागत गरेका छौँ ।’
शनिबार साँझसम्म रहेको टोलीले आइतबार दिनभर विभिन्न विषयमा अन्तरक्रिया गरी सोमबार फर्केको छ । टोलीले सिक्लेसमा विभिन्न शिर्षकमा आधारि रहेर ४ वटा विषयमाथि अन्तरक्रिया कार्यक्रम गरेको संघका अध्यक्ष प्रभु अधिकारीले बताए ।
कार्यक्रममा ‘सिनेमा र सरकार: हिजो, आज र भोलि’,सेसनको चर्चित प्रस्तोता प्रकास सुवेदीले सहजिकरण गरे भने वक्ताको रूपमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, निर्देशक, निर्माता एवं कलाकार आकास अधिकारी, चरित्र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला थिए ।

कार्यक्रमको दोस्रो सेसनमा सिनेमा स्वकथन, विचार: व्यवसाय र कला: प्रविधि र प्रवृतिमाथि प्रकाश सायमीले अनुभव साझा गरे ।
यस्तै, कार्यक्रमको अर्काे महत्वपूर्ण सेसनमा ‘नेपाली सिनेमाको स्वाद: कस्तो छ ? कस्तो हुनुपर्छ ? विषयमाथि निर्देशक मनोज पण्डित, अभिनेता, निर्देशक अनुप बराल, अभिनेत्री दिया मास्के वक्ताका रुपमा रहे भने सहजीकरणको जिम्मा सिनेपत्रकार सुरज सुवेदीले सम्हाले ।

कार्यक्रमको अन्तिम सेसनका रूपमा ‘सिनेमा भित्र म, म भित्र सिनेमा’ विषयमाथि अनुभव अभिनेत्री गौरी मल्ल र अभिनेता भुवन केसीले प्रस्तुत गरे । चार दशकअघिदेखिका अहिलेसम्मका अनुभव उनीहरुले बाँडे ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले चलचित्रमार्फत आपसी सद्भावसँगै पर्यटन प्रवद्र्धन गर्न सिक्लेस गाउँ उक्लिएको बताए । उनले खेती किसानी र वैदेशिक रोजगारीलाई मुख्य आयस्रोत मान्दै आएको सिक्लेस पछिल्ला दिनमा पर्यटकीय केन्द्रका रुपमा स्थापित भएकाले नेपाली सिनेमाका हस्तिहरुलाई सिक्लेस ल्याउँदा खुसी लागेको बताए ।
उनले चलचित्र पत्रकार संघ कास्कीले सिने क्षेत्रको विकासका लागि सधैं कलम चलाइरहेको र चलाइरहने बताए । संघका केन्द्रीय अध्यक्ष समिर बलामी, संस्थापक अध्यक्ष श्रीराम सिग्देल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी लगायतले बोलेको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

सम्बन्धित समाचारः
सरकार र सिनेमा: हिजो, आज र भोलि
‘चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालयमा हरायो’ – भुवन केसी
‘बोर्डलाई स्वायत्त बनाउन सक्ने अरु आउँछन् भने छाडिदिन्छु’
नेपाली सिनेमाको स्वाद: कस्तो छ? कस्तो हुनुपर्छ?
‘नेपाली फिल्ममा विदेशी स्वाद राख्दाराख्दै आफ्नो मौलिक स्वाद गुम्यो’
नेपाली फिल्म ‘आइ लभ यू’ भन्दा माथि उठेन
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प