बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं. १३ स्थित पैँयुपाटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले पुनः एकनाथ रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
उनी निवर्तमान वडा सदस्य पनि हुन् । नेपाली काँग्रेस निकट उनले पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
उपाध्यक्षमा नेकपा एमालेका नरसिंह खत्री, सचिवमा नेकपा माओवादी केन्द्रका रुद्रप्रसाद शर्मा , कोषाध्यक्षमा दिवाकर शर्मा, सहसचिवमा गणेश कुँवर निर्वाचित भए । कोषाध्यक्ष र सहसचिव दुवै नेपाली कांग्रेस निकट हुन् ।
सदस्यहरुमासन्तोष कुँवर, धनमाया कुँवर, चित्रराज शर्मा, डोेलनाथ शर्मा, दीपेन्द्र पौडेल, हेमराज शर्मा, रुद्र बहादुर नेपाली, गुमा पाण्डे, शान्ता रेग्मी, बिष्णु प्रसाद रेग्मी, कमला पौडेल, चिरञ्जीवी रेग्मी, कृष्णप्रसाद पौडेल, थमप्रसाद शर्मा रहेका छन् ।
कार्यक्रममा डिभिजन खानेपानी कार्यालय, बागलुङका इन्जिनियर सञ्जय कोइरालाको प्रमुख आतिथ्यता तथा वडा सदस्य सुरज रिजालको विशेष आतिथ्यता रहेको कार्यक्रममा ऋषिराम रेग्मी, डा. रामबहादुर केसी, चन्द्रबहादुर केसी, रेशमबहादुर खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।
खानेपानी आयोजनामा संस्थापन कालबाट योगदान गरेबापत स्वर्गीय हेमराज पौडेलकी धर्मपत्नी केशरी पौडेल, स्वर्गीय दयाराम उपाध्यायका छोरा रुद्रप्रसाद शर्मा, स्वर्गीय तोयनाथ रेग्मीकी धर्मपत्नी हिराकुमारी रेग्मीका साथै पूर्व अध्यक्ष विष्णुकुमारी गिरी, उपाध्यक्ष दलबहादुर खत्री, धनबहादुर खत्री, आत्माराम पौडेल, जसबहादुर रेग्मी, टंकनाथ रेग्मीलाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

सम्बन्धित खबर
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस