भरत खवासको निर्णायक गोलमा आर्मी आहा ! राराको क्वार्टरफाइनलमा

फुटबल

भरत खवासको निर्णायक गोलमा आर्मी आहा ! राराको क्वार्टरफाइनलमा

bharat khawas

तस्वीरः सुदर्शन रञ्जित

पोखरामा जारी २३ औं आहा ! रारा पोखरा गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ ।

राइजिङ स्टारलाई १–० ले हराउँदै अन्तिम ८ मा स्थान बनाउने क्रममा आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरे । उनी प्रतियोगिताको म्यान अफ दी म्याचसमेत बने ।

बुधबार पोखरा रगंशालामा भएको खेलमा उनले खेलको २७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै बललाई जाली चुमाएका थिए ।

अधिकांश नयाँ खेलाडी उतारेको आर्मी र पहिलो पटक सहभागी भएको राइजिङ स्टारबीच कडा प्रतिस्पर्धा भएको थियो । खेलको दोस्रो हाफमा राइजिङले आर्मीलाई दबाबमा राखे पनि गोल गर्न सकेनन् ।

आर्मीलाई गोलकर्तासमेत रहेका भरत खवासले कप्तानी भूमिका सम्हालेका थिए ।

आर्मीले अब सेमिफाइनल प्रवेशका लागि संकटा क्लबसँग खेल्नेछ। सो खेल आइतबार हुने तालिका छ।

प्रतियोगितामा भोलि बिहीबार मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्नेछन्। उक्त खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

म्यान अफ दि म्याचः भरत खवास

फ्यान अफ दि म्याचः 

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds