पोखरामा साइकल चोर्ने ९ बालक पक्राउ, सम्झाएर छाडियो

चोरी

पोखरामा साइकल चोर्ने ९ बालक पक्राउ, सम्झाएर छाडियो

cycle chor

पोखरामा साइकल चोर्ने ९ बालक साइकलसहित पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामले साइकल चोरीमा संलग्न ९ जना बालकहरुलाई नियन्त्रणमा लिएको हो ।

विभिन्न स्थानबाट साइकल चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको सादा पोशाकसहितको प्रहरी टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ७, ८ र ९ का बालकहरु छन् । जसमा १५ वर्ष उमेरका ५ जना, १३ वर्ष उमेरका २ जना, १२ वर्षका १ जना र ११ वर्षका १ जना छन् ।

उनीहरु सबै साइकलसहित नै पक्राउ परेका हुन् ।

उनीहरुलाई आवश्यक सोधपुछ पश्चात सम्झाई बुझाई अभिभावकहरुको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds