पोखरामा खाजा घरमा जुवातास खेलिरहेका ६ जना पक्राउ

जुवा तास

पोखरामा खाजा घरमा जुवातास खेलिरहेका ६ जना पक्राउ

४३ हजार नगद पनि बरामद

Juwade

पोखरा । वडा प्रहरी कार्यालय, बैदामले पोखराको राष्ट्रबैंक चोकबाट ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । बिहीबार साँझ स्थानीय समिता खाजा घरमा जुवातास खेलिरहेका उनीहरू पक्राउ परेका हुन् ।

पोखरा-७ राष्ट्र बैंक चोक बस्ने वर्ष ४५ की खाजा घर सञ्चालक समिता आले, राष्ट्रबैक चोक बस्ने वर्ष ४५ को रमेश वारिक, पोखरा-७ मासवार बस्ने वर्ष ४७ को सागर थापा मगर, पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३२ का नविन रिंजाली, पोखरा महानगरपालिका वडा नं ७ बस्ने वर्ष ५२ का शुक बहादुर मगर र गोर्खा सुलिकोट गाउँपालिका वडा नं. ७ घर भई जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ४२ का डिल बहादुर मगर पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ४३ हजार ६ सय ५५ रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय बैदामकै हिरासतमा राखिएको छ ।

उनीहरु विरुद्ध जिल्ला अदालत कास्कीबाट कानूनवमोजिम जुवासम्वन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने बैदामका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds