बागलुङको ईमेज सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

बागलुङको ईमेज सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

image-sahakari-laxmi-sen

बागलुङ । बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका कोषाध्यक्ष पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले निसीखोला गाउँपालिका–३ की २७ वर्षीय लक्ष्मी सेन सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो ।

सो सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपाली र कोषाध्यक्ष सुनारसमेत ८ जना फरार थिए ।

सीआइबीले कोषाध्यक्ष सुनारलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।

सो सहकारी हिनामिनामा सरिता तिमल्सेना (कँडेल) समेतले अध्यक्ष नेपालीसहित ८ जना विरुद्धको मुद्दामा बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । मेयर नेपालीसहित सञ्चालक समितिका पदाधिकारीहरु बैशाखदेखि नै फरार छन् ।

सो सहकारीमा १ हजार ५ सय ५० भन्दा धेरै बचतकर्ताको १ अर्ब ६० करोड भन्दा धेरै रकम हिनामिना भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ