आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको हो।
प्रतियोगिताअन्तर्गत समूह चरणका अघिल्ला दुई म्याचमा न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई पन्छाउँदै सुपर सिक्समा स्थान बनाएको हो । अफगानिस्तानलाई जितेपछि नेपालले दुई अंक आर्जन गर्याे भने अफगानिस्तान अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो ।
ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्दले शानदार प्रदर्शन गर्दा नेपालले अफगानिस्तानलाई पराजित गर्न सकेको हो।
अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालले ४५ औं ओभरको चौथो बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। अफगानिस्तानलाई हराउँदा नेपालका आकाश चन्द प्लेयर अफ द म्याच भए। उनले अफगानिस्तानका ५ विकेट लिएका थिए।
टोलीलाई १९ रन आवश्यक हुँदा देव ३७ औं ओभरको तेस्रो बलमा ५८ रनमा आउट हुन पुगे। उनले ८९ बलको सामना गर्दा ७ चौका प्रहार गरे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा १ सय ४५ रन बनाउँदा अलआउट भएको थियो।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो