म्याग्दीको सदरमुकाम बेनीबजारमा बिहिबार साँझ चक्कु र खुकुरी प्रहार गरी एक युवाको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई युवा समूहबीचको विवादमा धारिलो चक्कु र खुकुरी प्रहार गरी जिल्लाको रघुगंगा गाउँपालिका–१,बेग घर भई हाल बेनी स्थित पिपलचोक बस्दै आएका २१ वर्षिय सुशिल गर्बुजाको हत्या भएकोमा संलग्नमध्ये चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
धवलागिरी गाउँपालिका–४ का अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ घर भई गलेश्वर बस्ने १९ वर्षिय उत्सव पुन,धवलागिरी–४ घर भई बेनी बस्ने २१ वर्षिय शंकर घर्ती, मंगला गाउँपालिका–२ घर भई बेनी बस्ने २३ वर्षिय प्रविन जिसीलाई पक्राउ गरिएको छ ।
घटनामा संलग्न अन्यको समेत खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका चारैजनालाई जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् ।
घटना दुबैपक्ष बिचको विवाद खुकुरी र चक्कु प्रहारको अवस्थामा पुगेको थियो । बेनी स्थित विभिन्न ठाउँमा लुकेर रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको र अभियुक्त र घटनास्थलबाट एक थान चक्कु र एक थान खुकुरी बरामद गरिएको प्रहरीले बताएको छ ।
यी दुई युवा समूहबीच लामो समयदेखि रिसइबीका कारण पटकपटक झडप हुने गरेको स्थानीय बताउँछन् । विहिबार साँझ न्यूरोडमा झडप भएपछि भित्री गल्लीमा सुशिल गर्बुजामाथि खुकुरी प्रहार गरी सख्त घाइते बनाएका थिए । केही समयपछि नै बेनी अस्पतालमा मृत्यु भएका गर्बुजाको शव अस्पतालकै शवगृहमा राखिएको छ । घटनामा संलग्नको पहिचान सहित कडा कारबाहीको माग गर्दै आफन्तले शव उठाएका छैनन् ।
सम्बन्धित समाचारः
म्याग्दीमा चक्कु प्रहारबाट २१ वर्षीय शुशिलको ज्यान गयो
सम्बन्धित खबर
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन