आशिष चापागाईं अन्तिममा चम्कँदा थ्रीस्टार सेमिफाइनलमा, पाहुना पारो पराजित

आहा ! रारा गोल्डकप:

आशिष चापागाईं अन्तिममा चम्कँदा थ्रीस्टार सेमिफाइनलमा, पाहुना पारो पराजित

भोलि आर्मी र संकटा आमने सामने

aashish

तस्वीरः सुदर्शन रञ्जित

थ्री स्टार क्लब आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टर फाइनल खेलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसीलाई २–० को गोलअन्तरले पराजित गरेको हो।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्‍यो। अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने थ्री स्टारले लगातार २ गोल गर्‍यो ।

थ्री स्टारका लागि आशिष चापागाईं एक्लैले २ गोल गरे। उनले खेलको ११४ औं मिनेटमा गोलको खडेरी टार्दा थ्री स्टारले अग्रता लियो । ११९ औं मिनेटमा आशिषले अग्रता दोब्बर पारे

अब माघ १५ गते हुने खेलमा जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबको विजेतासँग थ्री स्टारले फाइनल प्रवेशका लागि खेल्नेछ ।

भुटानको पारो एफसीमा ९ राष्ट्रिय खेलाडी समावेश थिए।

आईतबार हुने दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब आमने सामने हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds