पोखराका सामुदायिक विद्यालयहरुमध्ये पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय सर्वोत्कृष्ट घोषित भएको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा पोखराले पोखरामा सञ्चालित ७९ सामुदायिक माध्यमिक विद्यालयमा २०७९ को एसईई परीक्षाको नतिजा विश्लेषण गरेको थियो । सो विश्लेषणमा औसत जिपिए ३.१८ प्राप्त गरी विन्ध्यवासिनी उत्कृष्ट नतिजासहित प्रथम भएको हो ।
महानगरको विश्लेषणमा पोखरा-१२ स्थित अमरसिंह मावि ३.०८ जिपिए प्राप्त गरी दोस्रो र पोखरा-१२ कै शीतलादेवी मावि ३.०७ जिपिए प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीको नतिजा विश्लेषणमा पनि विन्ध्यवासिनी प्रथम, अमरसिंह द्वितीय र शीतलादेवी तृतीय भएका छन् ।
एसईईमा कम्तीमा ५० जना परीक्षार्थी समावेश भएका सामुदायिक विद्यालयमध्ये भुर्जुङ्गखोलास्थित माछापुच्छ्रे माविले २.९५ जिपिएसहित चौथो स्थान प्राप्त गरेको छ ।
विन्ध्यवासिनी माविमा पर्याप्त खेलकुद मैदान नहुँदा थोरै अकंले केन्द्रको मूल्यांकनमा प्रथम हुनबाट रोकिएको छ । पर्याप्त खेलकुद मैदानको व्यवस्था गर्न विद्यालय व्यवस्थापन समितिलाई स्थानीय सरोकारवालाले सुझावसमेत दिएका छन् ।
स्थानीय चण्डीका आधारभूत विद्यालयलाई पनि विन्ध्यवासिनीमै मर्ज गर्ने निर्णयसहित तयारी गरिएको छ । विद्यालयमा हाल १ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन् ।
विन्ध्यवासिनी मावि यसअघि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको परीक्षणमा पनि नेपालभरमै प्रथम र शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा देशभरमा दोस्रो भएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन