पोखरा । कस्केली अधिकृत समाजका आजीवन सदस्य एवम् पोखरा महानगरपालिकाका अधिकृत दुर्गा न्यौपानेद्वारा लिखित आत्मकथा ‘नदेखिएका घाउ’ लोकार्पण गरिएको छ ।
कस्केली अधिकृत समाजद्वारा शनिबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे ।
कार्यक्रममा सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभै समाजमा पनि महत्वपूर्ण हुने बताउँदै आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्य हुने बताए ।
न्यौपानेले आफ्ना जीवनका भोगाई र अनुभवलाई कृतिमा समेट्ने प्रयास गरेको बताउँदै उनले साहित्यिक लेखनमा निरन्तरता हुने विश्वास व्यक्त गरे ।
कृतिका समिक्षक विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले शाहस, संघर्ष र धैर्यताका कथा ‘नदेखिएका घाउ’ मा रहेको बताए । जीवनका भोगाईलाई न्यौपानेले कृतिमा प्रस्तुत गर्न खाज्नुुभएको उनले बताए ।
प्रा.डा.रामनाथ ओझाले आत्मकथा लेखन आफैमा धेरै दुत्साहपूर्ण लेखन भएको बताउँदै न्यौपानेले जीवनका विभिन्न पक्षलाई कृतिमा उतारेको बताए ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुर्गा बहादुर शाह (बाबा)ले समाजमा धेरै विधा र क्षेत्रमा कृयाशिल व्यक्तित्वहरू आवद्ध रहेको बताए । न्यौपानेको नदेखिएको घाउ कृति साहित्यिक क्षेत्रमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेश पौडेलले गरेका थिए भने स्वागत उपाध्यक्ष लोकनाथ दवाडीले गरेका थिए ।
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी प्रकाश सायमी, मानव अधिकारका लागि महिला, एकल महिला समूहका अध्यक्ष कविता पाण्डे लगायतले कृति र साहित्यका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो