तनहुँको शुक्लागण्डकीमा जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

तनहुँको शुक्लागण्डकीमा जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

Arrest

तनहुँ। तनहुँको शुक्लागण्डकीमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

शुक्लागण्डकी नगरपालिका -१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार विकले ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिमाद र बेलचौताराबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ