डिफेण्डिङ च्याम्पियन संकटालाई हराउँदै आर्मी सेमिफाइनलमा

आहा ! रारा पोखरा गोल्डकप:

डिफेण्डिङ च्याम्पियन संकटालाई हराउँदै आर्मी सेमिफाइनलमा

received_719564043575900

डिफेन्डिङ च्याम्पियन संकटा क्लब पहिलो खेलमै पराजित भएको छ ।

पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा संकटा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको हो । जीतसँगै आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सकंटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो।

आर्मीको जीतमा दिनेश हेन्जनले दुई तथा जिलेस्पीजंग कार्कीले १ गोल गरे।

आर्मीले पहिलो खेलमा राइजिङ स्टारलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो। संकटाले भने सिधै बाइ पाएर क्वाटरफाइनल खेलेको थियो।

आर्मीले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको विजेतासँग माघ १८ गते खेल्नेछ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा भोलि सोमबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन्।

यसअघि शनिबार भएको पहिलो क्वार्टरफाइनलमा भुटानको पारो एफसीलाई हराउँदै थ्रीस्टार क्लब सेमिफाइनलमा पुगिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds