पोखरा १९ मा ‘रुख काट्नुस, बाँदर भगाउनुस्, प्रदेश सरकारलाई सहयोग गर्नुस्’

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको निर्देशन

पोखरा १९ मा ‘रुख काट्नुस, बाँदर भगाउनुस्, प्रदेश सरकारलाई सहयोग गर्नुस्’

१० दिनभित्र 'मेरो रुख म काट्छु' भन्दै घर वरपरका सम्पूर्ण रूख काट्नुपर्ने

Puranchaur

पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार जारी गरेको एउटा सूचना सामाजिक संजालमा भाइरल बनिरहेको छ । बाँदर भगाउन रूख काट्ने निर्देशन अपरिपक्व र हाँसउठ्ने खाले भन्नै व्यंग्यवाण हानिरहेका छन् ।

पोखरा महानगरपालिकाको लामाचौर पुरन्चौर क्षेत्रमा बाँदरका कारण स्थानीय जनताले दुख पाएको भन्दै बाँदर नियन्त्रणको लागि रुख काट्ने अभियान संचालन गर्न पाण्डेले सूचना नै जारी गरेका हुन् ।

“आजको मितिले १० दिन भित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरी आ-आफ्नो घर वरपर रहेका सम्पूर्ण रूखहरू कटान गरी  गण्डकी प्रदेश सरकारको नीति कार्यक्रमलाइ सहयोग गर्न” भन्दै उनले वडाबासीहरूलाई सूचित गरेका छन् ।

हेर्नुस् सूचनाः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds