पोखरा लेकसाइडमा घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु

दुर्घटना

पोखरा लेकसाइडमा घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु

fall khasera

पोखरामा घरको लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ । पोखरा ८, रत्नचोक बस्ने ३७ वर्षीय ईन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो ।

पोखरा ६, लेकसाइड, खहरे चोकस्थित चिनीमाया भण्डारीको निर्माणधिन घरको तातो पानीको सर्बे गर्ने क्रममा मंगलबार दिउँसो १ बजे खसेर भट्टराई गम्भिर घाइते भएका थिए ।

उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएकोमा साढे २ बजे उनको निधन भएको वडा प्रहरी कार्यालय बैदामले बताएको छ ।

प्रहरीका अनुसार उनी मुक्ति ईनर्जी प्रालि, न्यूराेड, पाेखरामा कार्यरत थिए । शव पोष्टमार्टमको लागि गण्डकी प्रदेश अस्पताल पोखरामा राखिएको र घटनाको विषयमा अनुसन्धान भईरहेको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds