थ्रीस्टार फाइनलमा, जावलाखेल १-० ले पराजित

आहा ! रारा पोखरा गोल्डकप:

थ्रीस्टार फाइनलमा, जावलाखेल १-० ले पराजित

दिपेश घलेको निर्णायक गोल

Three Star

थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ।

बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा छिमेकी क्लब जावलाखेल युथ क्लबमाथि १-० गोलको जित निकालेर थ्रीस्टार उपाधि नजिक पुगेको हो।

थ्रीस्टारको जितमा दिपेश घले नायक सावित भए। उनले खेलको ७६ मिनेटमा गरेको गोल निर्णायक बन्दा थ्रीस्टारले फाइनलमा स्थान बनाउन सफल भयो।

तस्वीर: सुदर्शन रञ्जित

गोल गरेको १० मिनेटअघि आदित्य शाक्यको स्थानमा मैदान छिरेका उनले दिपेश आलेमगरको पासमा गोल गरे।

अब उपाधिका लागि थ्रीस्टारले त्रिभुवन आर्मी र चर्च ब्वाइजबीचको विजेतासँग खेल्नेछ।

आर्मी र चर्च ब्वाइज भोलि खेल्दा फाइनल शनिबार हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds