आर्मी पाँचौं पटक फाइनलमा, चर्च ब्वाईज २-१ गोलले पराजित

आहा ! रारा पोखरा गोल्डकप:

आर्मी पाँचौं पटक फाइनलमा, चर्च ब्वाईज २-१ गोलले पराजित

उपाधिका लागि थ्रीस्टारसँग भिड्ने

Army

पोखरा । विभागीय त्रिभुवन आर्मी क्लब आहा ! रारा पोखरा गोल्डकपको फाइनल प्रवेश छ ।

२३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको बिहीबार दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । यसअघि ४ पल्ट फाइनल पुगेर पनि उपाधिबाट वञ्चित आर्मीले शनिबार थ्रीस्टारको सामना गर्नेछ ।

बिहीबार निर्धारित ९० मिनेटको खेलमा पछिल्लो ५ मिनेट सम्हालिन नसक्दा आर्मीले जितका लागि अतिरिक्त समय कुर्नुपरेको थियो । ६१ औं मिनेटमा मिडफिल्डर दिनेश हेन्जनले आर्मीका लागि गोलको खाता खोलेका थिए । दोस्रो गोल रासबहादुर मगरले ९९ औं मिनेटमा गर्न सके ।

त्यसअघि, ८५ औं मिनेटमा समीर तामाङको गोल मद्दतबाट चर्च ब्वाइज बराबरीमा फर्किएको थियो ।

आर्मीले १५ औं पटक आहा! रारा खेलिसकेको छ । अब उपाधिका लागि आर्मीले पाँच पटकको च्याम्पियन थ्रीस्टारको सामना गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds