‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]

गीत संगीत

‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]

बाध्यात्मक अवस्थामा विदेशिनुपरेका लाखौं नेपाली युवाको प्रेम पीडामा आधारित

लोक संगीत सर्जक विक्रम पौडेलको नयाँ गीत ‘जानीमयाले’ सार्वजनिक भएको छ ।

शिक्षाकर्मीसमेत रहेका पौडेलले रोजगारीका लागि बाध्यात्मक अवस्थामा विदेशिनुपरेका लाखौं नेपाली युवाको प्रेम पीडालाई आधार बनाएर रचेको यो गीत आज बिहान आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।

निकै मीठो स्वर रहेका गायक रेशम निर्दोष र कर्णप्रिय स्वरका धनी बालगायिका पूजा देवकोटाको आवाजमा रहेको यो गीत दर्शक श्रोताले मन पराउनेमा विक्रम ढुक्क छन् । उनकै शब्द र संगीतमा गीत बनेको हो । ,पूर्ण संयोगको एरेन्ज तथा मुर्चुङ्गा डिजिटल रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।

यस मार्मिक प्रेमकथालाई भिडियोमा पनि उत्तिकै न्याय भएको छ । डिआर सुजनले निर्देशनसहित अस्मिता रणपालसँग स्क्रिन शेयर गरेका छन् ।

गायक तथा सर्जक प्रेमराज अधिकारीले निकै राम्रो अभिनय गरेको भिडियोमा हरि ढुंगाना र समिक्षा दवाडीले पनि अभिनय गरेका छन् ।
मुकेश नेपालीले कोरियोग्राफी गरेको भिडियो गणेश सापकोटाले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ