बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नं. १३ पैयुँपाटामा बालमैत्री वडा नगर घोषणाको लागि शुभारम्भ भेला आयोजना गरिएको छ ।
बाग्लुङ नगरका नगरप्रमुख बसन्तकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलाले वडा नं. १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षतामा २३ सदस्यीय वडास्तरीय बालमैत्री समिति गठन गरिएको छ । यस्तै, पूर्णिमा शर्माको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।
कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, बा.न.पा शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेल, महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती रेग्मी नगर बाल सन्जालका सहजकर्ता झरना नेपाली, वडा स्तरीय बाल सञ्जाल अध्यक्ष पूर्णिमा शर्मा एवं बालमैत्री फोकल शिक्षक हरिराम रेग्मीले बालमैत्रीका सूचकहरूको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

डा.रामबहादुर केसीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन त्रिभुवन माविका शिक्षक बलराम रिजाल र कृष्ण पौडेलले गरेका थिए ।
बाग्लुङ नगर अस्पताल अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूले पोषण युक्त खानाको प्रदर्शनी गर्नुको साथै सबै अतिथिहरुलाई वडा कार्यालयको तर्फबाट स्थानिय उत्पादन अम्रिसोको कुचो मायाको चिनो स्वरुप प्रदान गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा