पोखरा । १८ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत दृष्टिबिहिन र ह्विलचियर दौड माघ २७ गते शनिबार हुने भएको छ ।
सो दौड सम्पन्न गर्न गठित उपसमितिको बैठकले ति दुबै इभेन्टहरु माघ २७ गते गर्न सुझाब दिए संगै मञ्चको कार्यकारी समितिको बैठकले उक्त सुझाबलाई मनन गर्दै सो दिन तय गरिएको नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका हुन् ।
१८ औं संस्करणको पोखरा म्याराथन पोखरा रंगशालामा सुरु भएर पोखरा ६ स्थित लेकसाइडको क्याम्पिङ चौरमा सम्पन्न हुने गरी नयाँ रुट तय भए संगै अपाङ्ग तर्फको दौडलाई एक साता अगावै सम्पन्न गर्ने गरी उपसमितिले आयोजकलाई सुझाब दिएको उपसमितिका संयोजक अमृत बरालले बताए ।
फागुन ५ गते हुने म्याराथनमा अत्याधि भिड बढ्ने संगै अपाङ्गतर्फको दौड समेत सञ्चालन गर्न समस्या हुने भएकोले खेलकुदको अन्तर्राष्ट्रिय मान्यता अनुरुप एक साता अगावै दौड सम्पन्न गर्ने तयारी आयोजकले गरेको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले बताए । उनले भने–“यो अन्तर्राष्ट्रिय मान्यता अनुरुप समेत हो । हामीले समाजका हरेक वर्गलाई म्याराथनमा जोड्ने उद्धेश्य अनुरुप यो दौड समावेश गरेका हौं । उहाँहरुमा आफ्नै उत्साह हुन्छ । हामी त्यो उत्साहमा अझै उचाई थपियोस भन्ने चाहन्छौं ।”
अपाङ्ग तर्फको दौडमा महिला–पुरुषतर्फ दृष्टिविहिन र ह्विलचियर दौड समावेश गरिएको छ । महिला र पुरुष दुबैतर्फका बिजेतालाई पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल, तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस पटक सहभागिहरुलाई समेत मेडलको व्यवस्था गरिएको मञ्चले जनाएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’