पोखरामा लुँडो खेलिरहेका ५ जना ७२ हजारसहित पक्राउ

पोखरामा लुँडो खेलिरहेका ५ जना ७२ हजारसहित पक्राउ

ludo

पोखरा । कास्की प्रहरीले लुँडो खेलिरहेका ५ जनालाई नगदसहित पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -११ धरहरामार्ग स्थित एक खाजा घरमा लुँडो खेलिरहेका ५ जनालाई नगदसहित शनिबार साँझ पक्राउ गरेको हो।

प्रहरीका अनुसार धरहरा मार्गस्थित ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा पैसाको सट्टेबाजीमा लुँडो खेलाइने भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले लुँडो खेलिरहेका पुनसहित ५ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट ७२ हजार २ सय २५ रुपैयाँसहित खेलमा प्रयोग हुने गोटी र डाइस बरामद गरेको छ। भने, उनीहरूमाथि जुवातास तथा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds