सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठनको कार्यसमिति गठन भएको छ । मंगलबार काठमाडौंमा आयोजित परिषद्को प्रथम अधिवेशनले वरिष्ठ लोक तथा दोहोरी गायक बमहादुर कार्कीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
परिषद्को वरिष्ठ उपाध्यक्षमा विष्णु खत्री, उपाध्यक्षमा राजु परियार, महासचिवमा बैकुण्ठ महत, सचिवमा केशरी घर्ती मगर र कोषाध्यक्षमा टीका पुन निर्वाचित भएका छन् ।
सदस्यहरुमा खर्क बुढा मगर, शिवा आले, खड्ग गर्बुजा, प्रा. डा. ऋषिराम शर्मा, नरहरि प्रेमी, कमलीकान्त भेटुवाल, रामप्रसाद कँडेल र मनोजसिंह धामी छन् । बाँकी तीन सदस्य मनोनित गर्ने जनाइएको छ । उक्त अवसरमा लोकदोहोरी र संगीत क्षेत्रका व्यक्तिलाई समेटेर ४० जना आजीवन सदस्य पनि घोषणा गरिएको छ ।
सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव महतले प्राज्ञिक माध्यमबाट संस्कृतिको क्षेत्रमा योगदान दिने उद्देश्य संस्थाको रहेको उल्लेख गरे ।
संस्थाले संगठन निर्माणमा जोड दिने, प्रकाशन र दस्तावेजीकरणमा जोड दिने, लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने, सरकार र राष्ट्रसंघीय नियोग युनेस्कोसँग सहकार्य गरी मूर्त र अमूर्त संस्कृतिको खोज अनुसन्धान गर्ने योजना तय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले संस्कृति जगेर्ना गर्न यो संस्थाको योगदान महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा वरिष्ठ साधक तथा नृत्यशास्त्री ९२ वर्षीय भैरवबहादुर थापालाई अभिनन्दन गरिएको थियो ।

सम्बन्धित खबर
सिरहामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, सुरुमा अत्यावश्यक सवारीसाधनलाई प्रवेश
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्: स्वर्णिम वाग्ले
दुरूपयोग रोक्न निजी सञ्चार माध्यमलाई सोझै विज्ञापन उपलब्ध गराउन सकिने सर्वोचको आदेश
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्