पोखरा १३ मा गुगल प्लस र क्युआर स्क्यानमार्फत् चाहेको स्थानमा पुग्न सकिने

पोखरा १३ मा गुगल प्लस र क्युआर स्क्यानमार्फत् चाहेको स्थानमा पुग्न सकिने

Pokhara 13

देशकै ठूलो महानगरपालिका पोखरा महानगरलाई स्मार्ट सिटीको अवधारणामा अघि बढाउने बताइरहँदा वडा नं. १३ प्रविधिमा अघि बढेको छ ।

अब वडाका हरेक ठाउँमा गुगल प्लस र क्युआर स्क्यानमार्फत पुग्न सकिने वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाका विविध स्थानका लागि उक्त सेवा उपलब्ध रहेको उनले बताए । ‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मदत पुगोस् भन्दै गुगल प्लस र क्युआर स्क्यानको व्यवस्था गरिएको हो ।’, उनले भने ।

गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा १३ मा प्रवेश गर्ने हरकोहीले स्थान र चाहेको लोकेशन सहजै प्राप्त गर्ने उनले बताए । श्रृङखलाबद्ध वडाको विकासमा आफु सँगै रहेको र वडाबासीका लागि नयाँनयाँ काम गर्ने विषयमा तत्पर रहेको भनाई उनको छ ।

नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो । नागरिकको सेवामा वडा क्रियाशिल छ । गतिविधि बढाउँदै नागरिकलाई सुसूचित बनाउने बाटोमा पोखरा १३ लागिरहेको उनले उल्लेख गरे ।

आगामी समय पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds