पोखरा। रातको समय यात्रुहरूलाई डर त्रास देखाई बाटो छेकी लुटपाट गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
रातको समयमा यात्रुहरूलाई बाटो छेकी डर त्रास देखाएर लुटपाट गरेको अभियोगमा स्याङ्गजा घर भइ हाल पोखरा महानगरपालिका -९ पृथ्वीचोक बस्दै आएका २४ वर्षीय आदर्श देवकोटालाई प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय वैदामले दिएको जानकारी अनुसार गएको शनिबार राति अन्दाजी १० बजेको समयमा सभागृहचोक स्थित सडकमा हिंडिरहेका एक पैदलयात्रुलाई देवकोटासहित अन्य तीनजनाले बाटोमा रोकेर गाली गलौज र डर त्रास देखाई यात्रुको एक हजार ३ सय लुटेर भागेका थिए।
यात्रुले आफू लुटिएको भन्ने सूचना तत्काल प्रहरीलाई जानकारी गराएपश्चात वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले भाग्दै गरेको अवस्थामा देवकोटालाई पक्राउ गरेको हो।
घटनामा संग्लग्न अन्य दुई जना फरार छन्। फरार अन्यको खोजी भइरहेको र पक्राउ परेका देवकोटा विरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको वडा प्रहरी वैदामले जनाएको छ ।
सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ