पोखरा–मुग्लिन सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ। कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलोमिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो।
आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर नारायण पौडेलले पोखरा–३२ लामेआहालबाट अस्पाल्ट कालोपत्रको काम सुरु गरिएको जानकारी दिए। उनका अनुसार यस क्षेत्रमा सुरुवातमा सात सय मिटर सडक कालोपत्र हुनेछ। अन्य बेस तयार भएका ठाउँमा समेत क्रमशः काम हुने उनको भनाइ थियो।
पौडेलले भने, ‘सबै ठाउँमा कालोपत्र गर्न तयारी भएको छैन। सडक सम्याउनेलगायतका काम जारी छन्। बेस तयार भएका ठाउँमा कालोपत्र गर्न सुरु गरेका हौँ।’ मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम सुस्त छ। अहिले पोखरा खण्डको राजमार्ग क्षेत्रमा अधिकांश स्थानमा स्तरोन्नतिका लागि सडक फराकिलो बनाउने काम भइरहेको छ।
राजमार्गको सहरी क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र अन्यत्र चार लेनको सडक बन्ने इन्जिनियर पौडेलले बताए। आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म ६ लेन हुनेछ। यस खण्डमा भौतिक पूर्वाधार मन्त्रालय, सडक विभाग तथा स्थानीय सरकारलगायतको निरन्तर प्रयासले पछिल्लो समय काममा तीव्रता आएको हो।
यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो। निर्माण कम्पनीले काममा ढिलाइ गरेपछि ठेक्का तोड्ने चेतावनीपछि कामले गति लिएको इन्जिनियर पौडेलले जानकारी दिए।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको पर्यटकीय सहर पोखरालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख सडकका रूपमा पृथ्वी राजमार्ग रहेको छ। सरकारले यो राजमार्गको विस्तार तथा स्तरोन्नतिको काम अघि बढाएको हो।
एसियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजनामार्फत काम भइरहेको पौडेलले बताए। उनका अनुसार राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको हो।
पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किलाेमिटर क्षेत्र पश्चिम खण्डमा पर्दछ। सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय रहेको छ।
यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किलाेमिटर सडक पूर्वी खण्डमा पर्दछ। पश्चिम खण्डको निर्माणका लागि रु. सात अर्ब ४० करोड ४६ लाख लागतमा ०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो। यस आयोजनाको काम ०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ।
सम्बन्धित खबर
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ