स्याङ्जाको वालिङ्मा लगातार चोरीका घटनाहरु बढ्दै गएपछि स्थानीयबासीहरु वडा प्रहरी कार्यालय वालिङ्मा डेलिगेसन गएका छन् । प्रहरी प्रशासनको कार्य सम्पादनमा कमजोरी देखिएको र शान्ति सुरक्षामा चुनौती आएकाले स्थानीय प्रहरी कार्यालय पुगेर ध्यानाकर्षणा गराएका हुन् ।
स्थानीयबासीले वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख प्रहरी नायब उपरीक्षक ईकवाल हवारीको कार्यशैलीमा प्रश्न उठाएर असन्तुष्ट व्यक्त गर्नुका साथै प्रहरी प्रशासन फितलो हुँदा वालिङ्मा चोरीका घटनाहरु बढेको आरोप लगाए ।
गत माघ २८ गते आइतबार एकैरातमा मात्रै वालिङ् १३ झोलुङ्गे बजारमा पाँच पसल, चार घर र एक विद्यालयमा तोडफोड गरी चोरी भएको थियो भने शान्ति सुरक्षाको माग गर्दै स्थानीयहरु वडा प्रहरी कार्यालय पुगे ।
प्रहरीले भने चोरी भएका ठाउँहरुबाट विवरण संकलन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ । सुन, साइकल चोरी गरेको र पसलहरुबाट ठूलो मात्रामा नगदसहित जिन्सी सामानहरु र अन्य सामानहरु चोरी गरेर लगेको पाइएको प्रहरीले जनाएको छ ।
स्थानीयबासीहरुले भने प्रहरी प्रशासन नै फितलो भएको र कार्य सम्पादनमा ढिलाई गरी चोरीको ३ दिन बित्दा पनि प्रहरी प्रशासनले कुनै अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भन्दै प्रहरी कार्यालयमा पुगेर तीब्र गतिमा अनुसन्धान गरेर चोरी गर्ने गिरोहलाई पक्राउ गर्न आग्रह गरेका हुन् । डिएसपी हवारीले अनुसन्धान गरिरहेको बताए ।

विभिन्न ठाउँमा भएका चोरीका घटनामा प्रहरी सचेत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक संजय बहादुर राउतले बताए । उनले जति फरक ढंगबाट चोरीका घटनाहरु घटेका छन् प्रहरीले पनि फरक शैलीबाट अनुसन्धान गर्नुका साथै सादा पोसाकमा प्रहरी खटाउने कार्य गरेको बताए ।
एसपी राउतले आफ्ना मातहतका प्रहरी इकाईहरुमा दिउँसोभन्दा रातमा बढी सचेत रहि ड्युटी गर्न निर्देशन दिएको जानकारी दिए । उनले जनताले पनि यस्ता घटनाहरुको अनुसन्धानमा सघाउनुपर्छ भन्दै जनताको साथ रह्यो भने घटनाको अनुसन्धानमा ठूलो सहयोग रहने बताए ।
एसपी राउतले जनताको शान्तिसुरक्षाको निम्ति कुनै कमजोरी नगरी प्रहरी हरबखत सेवामा अनवरत खटिने दाबी गरे ।
चोरीका घटना बढ्दै
वालिङ्मा चोरीका घटनाहरु लगातार बढिहेका छन् । दुईहप्ता अगाडि घरबाटै स्कुटर चोरी भएको थियो, अहिलेसम्म अनुसन्धान भइरहेको छ भने करिब एक दर्जन ठाउँमा एकैरातमा तोडफोड गरि गत २८ गते चोरी भएको थियो ।
सोही विषयमा मंगलबार स्थानीयहरुले वडा प्रहरी कार्यालयमा स्थानीयहरुले छिटोभन्दा छिटो अनुसन्धान गर्न दबाब दिएका थिए तर प्रहरीहरुलाई चुनौती दिँदै गएराति पाठखोलाको मन्दिर तोडफोड गरेर भेटी चढाएका रकम समेत चोरी भएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?