पहिलो विश्व स्तरिय कार्यक्रम TEDx पुल्चोक क्याम्पसका विद्यार्थीले आयोजना गर्दैछन् ।
फागुन ९ गते (फेब्रुअरी २१) का दिन ललितपुरको च्यासलमा स्थित ज्यापु प्रज्ञा भवनमा आयोजना हुने यस कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित व्यक्तिद्वारा आफ्नो भनाइ प्रस्तुत गरिनेछ ।
TEDxIOE पुल्चोकले नयाँ विचारधारा बोकेका नेतृत्वहरू, नवीन प्रयोग गर्ने आविष्कारक र नवप्रवर्तनका सर्जकहरुलाई आफ्ना विचारहरू र अन्तर्दृष्टिहरू नेपाल र विश्वव्यापीरुपमा रहेका दर्शकहरूसँग साझा गर्ने प्लेटफर्मको विकास गर्ने लक्ष्य राखेको छ।
प्रख्यात अमेरिकाको TEDx Talks बाट प्रेरित भएको यस कार्यक्रमले अर्थपूर्ण छलफल र समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ ।
TEDxIOE पुल्चोकको विद्यार्थीद्वारा आयोजना गरिएको पहिलो संस्करणले पुल्चोक क्याम्पस समुदायको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हुनेछ भन्ने आयोजकले विश्वास राखेको छ । यसले विद्यार्थीहरूको प्रतिभा र लगनशीलतालाई पनि विश्वव्यापी मञ्चमा प्रदर्शन गर्ने बताइन्छ ।
कार्यक्रमका वक्ताहरु नेपालका विभिन्न क्षेत्रमा उल्लेखनिय भूमिका निभाउने पात्रहरु रहेका छन् । सुमना श्रेष्ठ संघीय संसद सदस्य, रमेश पौडेल अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका सदस्य, खेम लकई शिक्षक र प्रशिक्षक लगायतका धेरै प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता हुनेछ ।
सहभागीहरूले उक्त कार्यक्रमबाट अमूल्य विचारहरुका साथै अन्तरक्रियात्मक छलफलहरू, भविष्यको लागि एक अविस्मरणीय पल र नेटवर्किङका अवसरहरूले भरिएको एक समृद्ध अनुभवको आशा गर्न सक्नेछन् । TEDxIOE पुल्चोकमा भाग लिएर सहभागीहरूले बहुमूल्य विचार धारा प्राप्त गर्नेछन्, आफ्नो क्षितिज विस्तार गर्नेछन् र नवीनता र प्रगतिको लक्ष्य बोकेका आफू समान विचारधारा भएका व्यक्तिहरूसँग जोडिनेछन्।
TEDxIOE पुल्चोक सबै वर्गका सिक्न इच्छुक व्यक्तित्वका लागि खुला रहेको छ। सबै समाजका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्दै विद्यार्थी, व्यावसायी वा जुनसुकै समुदायलाइ प्रतिनिधित्व गर्ने सदस्य भएतापनि, TEDxIOE पुल्चोकले समावेशी वातावरणका साथै सबैलाई सिक्ने र प्रेरित हुने अवसर प्रदान गर्ने जनाइन्छ ।
करीब ३०० दर्शक भित्राउने लक्ष्य राखेको TEDxIOE पुल्चोकले नेपाल को TEDx इतिहासमा आफ्नो नाम सुनौलो अक्षरमा लेखाउनको लागि तम्तयार रहेको आयोजक विद्यार्थीको भनाइ छ ।
८ घण्टा लामो यस सत्रबाट प्रेरित भएर समाजको, देश को र विश्वको हितका लागि थोरै भएपनि भूमिका निर्वाह गर्न सकिन्छ भन्ने आयोजकको विश्वास छ । कार्यक्रमको टिकट खल्ती app बाट सजिलै खरिद गर्न सकिनेछ ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु