१८ औं पोखरा म्याराथनमा सहभागी धावकहरू [फोटो फिचर]

म्याराथन

१८ औं पोखरा म्याराथनमा सहभागी धावकहरू [फोटो फिचर]

Pokhara Marathan 080

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार बिहान १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ ।

पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १४ राष्ट्रका धावकले सहभागिता जनाउने जनाए । म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता रह्यो । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ५९०, छात्रामा ४८० को जनाको सहभागिता रह्यो । प्रतियोगितामा कुल ३१ विदेशी धावक रहेको आयोजकले जानकारी दिएको छ ।

जस अनुसार म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा ५, १० किमी पुरुषतर्फ ११ र महिला तर्फ ३ जना विदेशीले सहभागिता जनाएका छन् ।

पोखरा म्याराथनको यसपटक रुटमा समेत परिवर्तन गरियो । यस अघिका संस्करणहरुमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । नाजको नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाकीँको दौड फेवातालको सिरानतर्फ थियो ।

केही तस्वीरहरूः

 

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ