तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ जना घाइते

तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ जना घाइते

Jeep

फाइल तस्वीर

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

डुम्रेबाट आँबुखैरेनीका लागि छुटेको बा १६ च ४९१८ नम्बरको जीप अनियन्त्रित भइ सडकछेउमा पल्टिँदा जीपमा सवार चितवन इच्छाकामना गाउँपालिका–६ का २२ वर्षका सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ घाइते भएका छन् ।

यसैगरी चितवनको इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ र चितवनकै भरतपुर महानगरपालिका–२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका–३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ पनि घाइते भएका छन् ।

घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ