पोखरामा कार्यरत सशस्त्र प्रहरीका डीएसपी काठमाडौँबाट पक्राउ

पोखरामा कार्यरत सशस्त्र प्रहरीका डीएसपी काठमाडौँबाट पक्राउ

arrest-pakrau

पोखरा। दुर्व्यवहार आरोपमा सशस्त्र प्रहरी बलका एक जना डीएसपी काठमाडौँबाट पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसी पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौँ स्रोतले जनाएको छ ।

उनले स्वम्भुस्थित एवान रेष्टुरेन्टमा अनुमतिविना महिलाको भिडियो खिचेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

अभद्र व्यवहारको कसूरमा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ