स्याङ्जा आरुखर्कका प्रेम आइफोन चोरी गरेको आरोपमा पोखरामा प्रकाउ

चोरी

स्याङ्जा आरुखर्कका प्रेम आइफोन चोरी गरेको आरोपमा पोखरामा प्रकाउ

महेन्द्रपुलमा मोबाइल पसलबाट ४ थान मोबाइल चोरी

chori_pp_owTua78dwM

स्याङ्जाका प्रेम गुरुङलाई पोखरामा मोबाईल चोरी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित मोबाइल पसलबाट चोरी गरेको आरोपमा स्याङ्जाको विरुवा गाउँपालिका–८ आरुखर्क घर भई पोखरा–१२ माटेपानी गुम्बाफेदी बस्ने २१ वर्षीय गुरुङलाई प्रहरीले प्रकाउ गरेको हो ।

गुरुङको साथबाट प्रहरीले चोरी भएको ४ थान मोबाईल आइफोन १०, आइफोन ११, सामसुङ र रेडमी मोबाईल बरामद गरेको छ ।

प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ