पोखरा । दोस्रो प्रदेशस्तरीय हिसान प्लस टू तथा युनिभर्सिटि लेबल फुटसल प्रतियोगिताको उपाधि त्रिवेणी पब्लिक स्कूल र पोखरा लिंकन इन्टरनेशनल कलेजले जितेका छन् ।
प्लस टू तर्फ त्रिवेणी पब्लिक स्कूलले स्टेप बाई स्टेप सेकेन्डरी स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धािरत समयमा ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगको थियो ।
युनिभसिटि लेबल तर्फ पोखरा लिंकन इन्टरनेशनल कलेजले इन्फोम्याट्रिक कलेजलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धािरत समयमा २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
उपाधि सहित पोखरा लिंकन इन्टरनेशनल कलेजले नगद २० हजार मेडल र ट्रफि हात पार्दा इन्फोम्याट्रिक कलेजले नगद १० हजार मेडल र ट्रफिमा चित्त बुझायो । प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।
उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको प्रतियोगितामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टुको उपाधि सहित त्रिवेणी पब्लिकले नगद १ लाख, मेडल, ट्रफि जितेको छ । त्यसै गरी उपविजेता स्टेप बाई स्टेपले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गरेको छ ।
प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएका थिए । हिसान गण्डकीको सदस्य विद्यालय बीच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
कार्यक्रममा गण्डकी युनिभर्सिटिका कुलपति गणेशमान गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्यसचिव रमेश सिलवाल, उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिसि, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल, सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, प्रतियोगिता संयोजक सन्तोष पराजुली लगायतले पुरस्कार वितरण गरे ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन