सुर्खेतमा गुड्दागुड्दैको पल्सर बाइकमा आगलागी

दुर्घटना

सुर्खेतमा गुड्दागुड्दैको पल्सर बाइकमा आगलागी

आगो किन लाग्छ ? जोगिन के गर्ने ?

Pulsar 1

सुर्खेत । वीरेन्द्रनगरमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । वीरेन्द्रनगरस्थित ऐरीचोक नजिकै सुदुरपश्चिम प्रदेश ०१–००९ प ३९०३ नम्बरको गुड्दागुड्दैको बजाजको पल्सर मोटरसाइकलमा आगलागी भएको हो ।

उमा पेट्रोल पम्पबाट सोमबार बिहान तेल हालेर तातापानीतर्फ जाँदै गर्दा आफ्नो खुट्टामा तातो लागेपछि मोटरसाईकल रोकेर हेर्दा एक्कासी आगो लागेको मोटरसाईकल चालक योगेन्द्र शाहीले बताए ।

उनका अनुसार वीरेन्द्रनगर नगरपलिकाको दमकलको सहायताले आगो निभाउन्जेल मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देवेन्द्रसिं बुढाथोकीले विद्युतको तार शर्ट भएर मोटरसाइकलमा आगलागी भएको जानकारी सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

आगो किन लाग्छ ?

ब्याट्रीको कनेक्सनबाट कतै सटसर्किट भयो भने र त्यही बेलामा तेल चुहिएको छ भने आगो लाग्ने उच्च सम्भावना हुन्छ ।

ब्याट्रीबाट आएको मेन वेयरिङ तार एकै ठाउँमा जोडियो भने वायरिङमा हिट प्रड्यूस भएर आफै जल्छ।

कार्बोरेटरबाट तेल चुहिएको बेला सट सर्किट भएमा आगो लाग्न सक्छ ।

जोगिन के गर्ने ?

गुणस्तरीय सामान प्रयोग गरिएको मोटरसाइकल खरिद गर्ने ।

दक्ष मेकानिक भएका वर्कशपमा मर्मत गर्ने ।

चालकले पनि लिकेज भएको, बिना फ्युजको ब्याट्री, जलेको तार जस्ता सामग्रीमा होसियार हुने ।

पेट्रोल र फायरिङ लिकेज एकैपटक भएको बाइकमा आगो लाग्ने सम्भावना उच्च हुने भएकाले ट्याङ्कीमा लिकेज भएनभएको हेर्ने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds