सुर्खेत । वीरेन्द्रनगरमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । वीरेन्द्रनगरस्थित ऐरीचोक नजिकै सुदुरपश्चिम प्रदेश ०१–००९ प ३९०३ नम्बरको गुड्दागुड्दैको बजाजको पल्सर मोटरसाइकलमा आगलागी भएको हो ।
उमा पेट्रोल पम्पबाट सोमबार बिहान तेल हालेर तातापानीतर्फ जाँदै गर्दा आफ्नो खुट्टामा तातो लागेपछि मोटरसाईकल रोकेर हेर्दा एक्कासी आगो लागेको मोटरसाईकल चालक योगेन्द्र शाहीले बताए ।
उनका अनुसार वीरेन्द्रनगर नगरपलिकाको दमकलको सहायताले आगो निभाउन्जेल मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देवेन्द्रसिं बुढाथोकीले विद्युतको तार शर्ट भएर मोटरसाइकलमा आगलागी भएको जानकारी सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

आगो किन लाग्छ ?
ब्याट्रीको कनेक्सनबाट कतै सटसर्किट भयो भने र त्यही बेलामा तेल चुहिएको छ भने आगो लाग्ने उच्च सम्भावना हुन्छ ।
ब्याट्रीबाट आएको मेन वेयरिङ तार एकै ठाउँमा जोडियो भने वायरिङमा हिट प्रड्यूस भएर आफै जल्छ।
कार्बोरेटरबाट तेल चुहिएको बेला सट सर्किट भएमा आगो लाग्न सक्छ ।
जोगिन के गर्ने ?
गुणस्तरीय सामान प्रयोग गरिएको मोटरसाइकल खरिद गर्ने ।
दक्ष मेकानिक भएका वर्कशपमा मर्मत गर्ने ।
चालकले पनि लिकेज भएको, बिना फ्युजको ब्याट्री, जलेको तार जस्ता सामग्रीमा होसियार हुने ।
पेट्रोल र फायरिङ लिकेज एकैपटक भएको बाइकमा आगो लाग्ने सम्भावना उच्च हुने भएकाले ट्याङ्कीमा लिकेज भएनभएको हेर्ने ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन