छोरीलाई साथमा लिएर आत्मदाह गर्ने मायाको पनि मृत्यु

छोरीलाई साथमा लिएर आत्मदाह गर्ने मायाको पनि मृत्यु

श्रीमान् परस्त्रीसँग लागेको भन्दै आत्मदाह प्रयास गर्दा पाँच वर्षीया छोरीको मृत्यु भएको थियो

Woman-Death

श्रीमान् परस्त्रीसँग लागेको भन्दै पाँच वर्षीया छोरी वर्षा विकलाई साथमा लिएर आत्मदाह प्रयास गर्ने महिलाको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घलेगाउँ बस्ने घाइते २८ वर्षीया माया रम्तेलको मृत्यु भएको हो ।

छोरी वर्षाको फागुन ५ गते बिहान मृत्यु भएको थियो भने मायाको बुधबार बिहान ८ बजे प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

फागुन ४ गते राति ८ : ३० बजे मायाले घरायसी समस्याका कारण छोरी वर्षालाई शरीरमा सलले बाँधी शरीरभरि पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी थिइन् ।

आफ्नो शरीरमा आगो लगाएको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसको भोलिपल्ट उपचारका क्रममा बीएण्डसी हस्पिटलमा वर्षाको मृत्यु भएको थियो । मायाको पनि बीएण्डसी हस्पिटलमा उपचार भइरहेकोमा त्यहाँबाट फागुन ६ गते थप उपचारका लागि लाई प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको थियो ।

घटनास्थलनजिकै सुसाइड नोट फेला परेको र त्यस नोटमा श्रीमान् राजन विक अन्य महिलासँग सम्बन्धमा रहेका कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको लेखिएको छ । राजनलाई घटना भएकै दिन नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ