काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजना मृत फेला, श्रीमान् फरार

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजना मृत फेला, श्रीमान् फरार

मृत्यु हुनेमा ३९ वर्षीया महिला र उनका दुई नाबालिका छोरी

death women woman hand

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जना मृत भेटिएका छन्।

नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा एकै परिवारका तीन जना मृत फेला परेका हुन् । प्रहरीका अनुसार आमा र दुई छोरी एकसाथ मृत भेटिएका हुन्।

ओखलढुंगा घर भई डेरामा बसिरहेका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परे। उनीहरूमाथि घरेलु हतियार प्रहार भएको पाइएको थियो।

प्रहरी टोली घटनास्थल पुगेको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

मृतक महिलाका श्रीमान् फरार रहेकाले हत्या भएको आशंका पनि गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ