छोरालाई पसल पठाएर श्रीमति, छोरी र नातिनीको हत्या गरी आत्महत्या [घटना विवरण]

फलोअप २ः

छोरालाई पसल पठाएर श्रीमति, छोरी र नातिनीको हत्या गरी आत्महत्या [घटना विवरण]

राजु ईश्वरीका दोस्रो श्रीमान्, हत्यापछि छोरालाई भिडियो खिच्न लगाएर पहिलो पट्टीका छोरालाई पठाउन लगाए

cover-sitapaila-murdcase

तीन जनाको हत्यापछि आत्महत्या गरेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे  भन्ने काजी बिक मृतक ईश्वरी श्रेष्ठका दोस्रो श्रीमान भएको खुलेको छ ।

उनले श्रीमति ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी ८ वर्षकी अनिशा र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या गरी आफू जंगलमा गएर झुण्डेर आत्महत्या गरेका थिए । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने महिलाको पहिलो पट्टीका श्रीमानतर्फकी नातिनी भएको खुलेको हो ।

नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजु र ईश्वरीको परिवारका ६ सदस्य बस्दै आएका थिए । राजु डकर्मी काम गर्थे भने ईश्वरीले कलंकीको होटल केही पहिला मात्र बेचेकी थिइन् ।

पहिलो श्रीमानबाट जन्मिएका छोरा अनिल विदेशमा थिए भने बुहारी र साढे २ वर्षकी नातिनी सिवानी इश्वरीसँगै बस्दै आएका थिए । अरु दिनझैं आज बिहान पनि बुहारी बिहानै काममा गएकी थिइन् ।

राजु र ईश्वरीको १५ वर्षका छोरा अनिश पनि छन् । राजुले अनिशलाई भने १०० रुपैयाँ दिएर मिठाई किन्न पसल पठाएका थिए । छोरा जोगाएर श्रीमति र २ बर्षीया नाबालिकाको हत्या गरे ।

पसलबाट छोरो फर्किसक्दा राजुले परिवार सिध्याइसकेका थिए । छोरालाई मैले मारिदिएँ अब मर्छु भिडियाे खिचेर त्यसका छाेरालाई पठाइदे  भन्दै हातमा कपडाको डोरी लिएर जंगलतिर गएको खुलेको छ ।

मोबाइलमा छोटो छोटो भिडियो क्लिप पनि भेटिएको छ, जसमा काजीले श्रीमतीमाथि केही आरोप लगाएका छन् भने आफ्नो सम्पत्तिबारे पनि भनेका छन् ।

छाेरालाई खिच्न लगाएको भिडियाेमा भनेका छन्ः ‘तिमीहरू गरेर खाउ, माफ गर्देउ, भाग्य अनुसार मैले गरेँ । ममी जस्ता भएर नहिँडेस् । चितवनका केटालाई छाड्ने हैन ।’ श्रीमति ईश्वरी र चितवनका केटाबीच सम्बन्ध रहेको जिकिर उनले गरेका छन् ।

उनले विभिन्न बैंकमा बचत रहेको आफ्नो पैसाबारे पनि भिडियो सन्देशमा भनेका छन् । ‘मैले….लाई कागज पत्र दिइसकेको छु, सुन दराजमा छ’, भिडियोमा उनले भनेका छन्, ‘मलाई माफ गर्नू ।’

विदेशमा रहेका अनिल (श्रीमतीको पहिलो पतितर्फ छोरा ) लाई सम्बोधन गर्दैै उनले भिडियोमा भाइलाई हेँला गरेको थाहा पाए राम्रो नहुने’ समेत बताएका छन् ।

गत वर्षसम्म होटल व्यवसाय गरेकी श्रीमती ईश्वरीमाथि अनेक लान्छना लगाएर काजीले झगडा गर्ने गरेका थिए ।

हालसालै ईश्वरीले स्थानीय एक युवकविरुद्ध जबर्जस्ती करणीको कसूरमा जाहेरी दिएकी थिइन् । आरोपित युवक १ फागुनमा ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यही विषयलाई लिएर मंगलबार झगडा भएको थियो ।

काजीले ज्यामी काम गर्ने तथा अनुसन्धानका क्रममा श्रीमतीलाई हम्बर र बच्चालाई चक्कु प्रहार गरेको जस्तो देखिने मृत शरीरमा देखिएको घाउचोटको प्रकृतिले देखाएको छ । प्रहरीले घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।

बिहान करिब ९ बजेतिर ईश्वरी, छोरी र नातिनीको हत्या गरेपछि उनले ‘मैले तेरो परिवार सिध्याएँ’ भन्दै ससुरालीमा सालीलाई फोन गरेको पाइएको छ ।

त्यसपछि सालीले गलत काम नगर्न सम्झाएकी थिइन् । ‘अरु कुरा छोड्देऊ, अनिशको राम्रो रेखदेख गरिदेऊ’, उनले भनेका छन् ।

छोराले भने नजिकै रहेको मावली हजुरबुबा हजुरआमाकहाँ गएर घरमा भएको घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई घटनाबारे खबर गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनापछि श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

त्यहीबीचमा नागर्जुन जंगल छेऊ घर भएकी सुधा तामाङले ११ः१२ बजे प्रहरी कन्ट्रोल १०० मा फोन गरे एक जना मान्छे झुण्डिरहेको अवस्थामा फेला परेको बताइन् । ‘फोटो जुधाउँदा त्यो काजीको शव भएको देखियो’, प्रहरी स्रोतले भन्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ