पोखरा महानगरपालिकाले सबै भवन तथा संरचना हरियो रङको हुनुपर्ने नीति ल्याएको छ ।
आज बुधबार महानगरपालिकाले सार्वजनिक गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड २०८० मा पोखरालाई ‘ग्रिन सिटी’को रुपमा विकास गर्न यो नीति ल्याएको हो ।
पोखराका भवन तथा पूर्वाधार निर्माण मापदण्ड सार्वजनिक गर्दै मेयर धनराज आचार्यले पोखराका घर भवनमा हरियो रङ लगाउने योजना पूरानै भएपनि अहिले कार्यान्वयन गर्न लागिएको उल्लेख गरे ।
‘स्याङ्जामै पुतलीबजार पर्पल सिटी छ । वालिङ पिंक सिटी छ । अब पोखरा पनि हरित सहरको रुपमा ग्रिन सिटी बन्नेछ’ मेयर आचार्यले भने ।
यस्तै, पोखरा महानगरपालिकामा अब बन्ने घर तथा भवन ५ तलासम्म बनाउन महानगरले दिने भएको छ । यसअघि पोखरामा साढे ३ तलासम्म मात्रै बनाउन पाइने मापदण्ड थियो । तर, जग्गा र पैसा हुनेले मनलाग्दी घर तथा संरचना बनाउँदै आएका थिए ।
आज बुधबार महानगरपालिकाले सार्वजनिक गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड २०८० मा ५ तलासम्म अग्लो घर तथा भवन बनाउन पाइने नीति छ । तर, घर बनाउनु अघि माटो परीक्षण गर्न भने अनिवार्य छ ।
मापदण्ड राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।

सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु