पोखरा महानगरपालिकामा अब बन्ने घर तथा भवन ५ तलासम्म बनाउन महानगरले दिने भएको छ ।
यसअघि पोखरामा साढे ३ तलासम्म मात्रै बनाउन पाइने मापदण्ड थियो । तर, जग्गा र पैसा हुनेले मनलाग्दी घर तथा संरचना बनाउँदै आएका थिए ।
आज बुधबार महानगरपालिकाले सार्वजनिक गरेको पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड २०८० मा ५ तलासम्म अग्लो घर तथा भवन बनाउन पाइने नीति छ । तर, घर बनाउनु अघि माटो परीक्षण गर्न भने अनिवार्य छ ।
मापदण्ड राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ ।
यसअघि, पोखरा निर्माणका पिता मानिने तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले पहिलोपटक २०३१ सालमा बढीमा साढे ३ तला भवन बनाउन पाइने मापदण्ड तोकेको थियो । अहिलेसम्म सोहि अनुसार संरचना निर्माण हुँदै आएको थियो । बीचमा नगरपरिषद्बाट महानगर भवन निर्माण तथा नक्सापास निर्देशिका बनाई अनुमति पनि दिँदै आयो ।
विद्यालय, अस्पताल, होटल, रेस्टुरेन्ट र अरू व्यावसायिक प्रयोजन निम्ति बन्ने भवनका लागि भने केन्द्र सरकारले २०७२ मा ल्याएको निर्देशिका लागु हुँदै आएका थिए ।
तर पोखरामा महानगरको मापदण्ड मिच्दै साढे ३ तला भन्दा ५ हजार बढी संरचना निर्माण भइसकेको अनुमान छ । हिमाल नै छेक्ने गगनचुम्बी १० तलामाथिका घरहरु नै २ दर्जन जति छन् । मापदण्ड विपरित बनेका घरलाई न्यूनतम जरिवाना तिराई भवन सम्पन्न पत्रसमेत महानगरले दिइसकेको छ ।
महानगरमा अनुमति लिन नगई बनाउने, सकिएपछि जाने र केही जरिवाना तिरेर घर सम्पन्न लिने काम हुँदै आएको थियो । महानगरले पनि अनदेखा गर्दै आएको थियो ।
यो मापदण्ड लागू भएपछि पोखरामा यसअघि मापदण्ड मिचेर बनेका धेरै भवन अब स्वतः वैधानिक हुनेछन् ।
मेयर धनराज आचार्यले यो नयाँ मापदण्डमा पोखरामा अब बन्ने भवन वातावरणमैत्री हुनुपर्ने उल्लेख गरिएको बताए । एसी प्रयोग गर्न नपर्ने गरी नयाँ मापदण्डले वातावरण मैत्री संरचनामा जोड दिएको उनले बताए ।
यो मापदण्ड लागु गर्न चुनौती पनि रहेको भन्दै उनले ठेकेदार, ईञ्जिनियर सबैलाई सहजीकरण गर्दै बुझाउँदै जाने पनि बताए ।
ग्रीन सिटी अर्थात् हरित शहरको रुपमा विकासको नीति पनि महानगरले ल्याएको छ ।

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु